images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • करिब ६२ करोड लागतमा सुविधासम्पन्न भक्तपुर...

करिब ६२ करोड लागतमा सुविधासम्पन्न भक्तपुर अस्पतालको नयाँ भवन निर्माण हुँदै

करिब ६२ करोड लागतमा सुविधासम्पन्न भक्तपुर अस्पतालको नयाँ भवन निर्माण हुँदै

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • भक्तपुर। बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा करिब ६२ करोड रुपैयाँको लागतमा आधुनिक तथा सुविधासम्पन्न नयाँ भवन निर्माण हुने भएको छ। १२१ वर्ष पुरानो इतिहास बोकेको भक्तपुर अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने उद्देश्य सहित नयाँ भवन निर्माण गर्न लागिएको हो।

    images
    images

    पछिल्ला तीन वर्षदेखि सेवा प्रवाहका आधारमा प्रदेशस्तरमै उत्कृष्ट बन्दै आएको भक्तपुर अस्पतालमा नयाँ भवन निर्माणपछि काठमाडौं उपत्यकाका तीनै जिल्ला, काभ्रेपलाञ्चोक तथा पूर्वी क्षेत्रका नागरिकलाई थप राहत पुग्ने बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बताए।

    स्वास्थ्य मन्त्री थापाका अनुसार अस्पताल भवन निर्माण बागमती प्रदेश सरकारको प्राथमिकतामा रहेको छ। “बजेट सुनिश्चित गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत पारित भइसकेको छ। अब गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समयमै भवन निर्माण सम्पन्न गर्न सबैको ध्यान जान आवश्यक छ,” उनले भने।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend