काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित खुद्रा र थोक पसललाई मूल्य सूची अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ। महानगरले आज जारी गरेको सूचनामा पसलको अगाडिको भागमा सबैले देख्ने गरी मूल्य सूची राख्न अधिकतम मूल्यभन्दा बढीमा समान नबेच्न र म्याद नाघेका वस्तुहरू बिक्री नगर्न निर्देशन जारी गरेको हो।
अनुगमनका क्रममा निदेशन विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ । खाद्य पेय पदार्थ तथा अन्य वस्तुको गुणस्तर शुद्धता र स्वच्छता सुनिश्चित गर्न महानगरले विशेष जोड दिएको छ।




.gif)





