images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • दर्शकको प्रतिक्रिया बुझ्न हलमा बल्छी ध्रुवे...

दर्शकको प्रतिक्रिया बुझ्न हलमा बल्छी ध्रुवे र पुक्कु

दर्शकको प्रतिक्रिया बुझ्न हलमा बल्छी ध्रुवे र पुक्कु

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौँ । माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘गोबर गणेश’ । फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको वर्ड अफ माउथ राम्रो भएपछि निर्माण टिम दर्शक प्रतिक्रिया लिन हल हलमा पुगिरहेका छन् ।फिल्मका निर्देशक कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुर्बे’, अभिनेत्री पूजन घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकार हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । उनीहरुले उपत्यकाको अष्टनाराय हल, ललितपुरको लबिङ महल र बिग सिनेमा लगायतमा पुगेर फिल्मको बारेमा प्रतिक्रिया दिएका हुन् ।

    images
    images

    शो क्रममा दर्शकले फिल्मको कथा आफ्नो जस्तै लागेको बताएका निर्देशक श्रेष्ठले जानकारी दिए । ‘हाम्रो आफ्नै घरको कथा फिल्ममा पाएको भनेर दर्शक खुसी मानेका छन्’, श्रेष्ठले भने ‘रिलिज अगाडि निकै डर थियो । अहिले दर्शकको प्रतिक्रियाले थप काम गर्न हौसला मिलेको छ ।’अभिनेत्री पुजन घिमिरेले दर्शकबाट नसोचेको साथ पाउँदा उत्साहित भएको बताइन् । ‘मलाई त ठुलो पर्दाको बारेमा धेरै ज्ञान थिए’, उनले भनिन् ‘ठुलो पर्दामा छाउँदा बेग्लै किसिमको सन्तुष्टि मिल्दो रहेछ ।’बल्छी ध्रुवे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छी ध्रुर्बे र जसजनको अलवा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend