images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १...

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६० हजार कायम

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६० हजार कायम

images
images
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । 

    यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend