images

२०८३ आश्विन १९ गते

images
images
images

दुई महिनामा निर्यात ५.१२ प्रतिशतले घट्दा आयात १.०८ प्रतिशतले बढ्यो, व्यापार घाटा कति ?

दुई महिनामा निर्यात ५.१२ प्रतिशतले घट्दा आयात १.०८ प्रतिशतले बढ्यो, व्यापार घाटा कति ?

images
images
अर्थ समाचार
बुधवार, आश्विन ९ २०८१
अर्थ समाचार
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौँ । नेपालको निर्यात व्यापार घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८१/८२ को दुई महिना अर्थात साउनदेखि भदौँ मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार निर्यात ५.१२ प्रतिशतले घटेको हो। 

    images
    images

    साउन र भदौमा नेपालले २५ अर्ब ९ करोड ३१ लाख ३ हजारको वस्तु विदेशमा निर्यात गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४४ करोड ७० लाख ३३ हजारको निर्यात भएको थियो। 

    यता आयात भने १.०८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजारको आयात गरेको नेपालले चालू आवमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको वस्तु भित्र्याएको हो। 

    images
    images

    विभागका अनुसार यस वर्ष नेपालले २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको बाह्य व्यापार गरेको छ। तर आयात र निर्यात व्यापारमा नेपालको व्यापारघाटा समेत बढेको छ। 

    अघिल्लो वर्ष २ महिनामा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रहेको व्यापारघाटा यसपटक २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार पुगेको छ। यो भनेको समीक्षा अवधिमा १.७८ प्रतिशतको वृद्धि हो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend