images

२०८३ आश्विन १८ गते

images
images
images

आलेखः दैलेखमा बढ्दैछ ‘योग क्रान्ति’

आलेखः दैलेखमा बढ्दैछ ‘योग क्रान्ति’

images
images
बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • दैलेख, १ माघः नारायण नगरपालिका–२ का ८१ वर्षीय धनबहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भई तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए । यो उमेरमा शल्यक्रिया गर्दा सन्तानलाई दुःख हुने ठानेर उहाँ उपचार नगरी घर फर्कनुभयो । घर फर्किएलगत्तै पतञ्जली योग समिति दैलेखको योग शिविरमा नियमित ‘कपालभाती’ प्राणायाम गर्न थाल्नुभएका थापाको अहिले मुटुको समस्या पूर्णरूपमा निको भएको छ ।वृद्ध उमेरमा योगबाट स्वास्थ्य लाभ पाउनुभएका थापा भन्नुहुन्छ, “योग अभ्यासले मानिसलाई नयाँ जीवन दिने रहेछ । अहिले म हिँडेरै सबै ठाउँ पुग्छु, स्मरण शक्ति बाल्यकालको जस्तै तेज भएको छ ।” उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । अहिले दैलेखमा धनबहादुर जस्तै थुप्रै नागरिक योगका माध्यमबाट जटिल रोग निको पारी स्वस्थ जीवन बिताइरहेका छन् ।

    images
    images

    पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शङ्कर थापाको पहलमा जिल्लामा योगको लहर आएको हो । आफैँ वर्षौंसम्म ढाडको नशा च्यापिएर र पाचनप्रणालीको समस्याबाट थलिनुभएका थापाले योगकै कारण स्वास्थ्य लाभ गरेपछि जिल्लाभर योग अभियान चलाउनु भएको थियो । उहाँले दैलेखवासीलाई निरोगी बनाउन ‘योग भवन’ बनाउने सपना देख्नुभयो । उहाँकै निरन्तर सक्रियतामा तत्कालीन कणाली प्रदेशसभा सदस्य अमरबहादुर थापाले विनियोजन गर्नुभएको रु ५० लाख बजेटबाट दैलेखमा सुविधा सम्पन्न योग भवन निर्माण भएको छ । अहिले त्यही भवनमा दैलेखवासीले नयाँ जीवन पाइरहेका छन् । मुख्य प्रशिक्षक थापा भन्नुहुन्छ, “खराब जीवनशैली र खानपान सुधार्ने हो भने योगले मुटु, मधुमेह, उच्च रक्तचाप, माइग्रेन, दमलगायत शरीरमा देख्न नसकिने खाले सुक्ष्म रोग निको पार्छ । अहिले आफ्नै भवन भएपछि ६५ देखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको सहभागितासमेत उत्साहजनक छ ।”

    यस्तै योगले महिलाहरूमा हुने जटिल स्वास्थ्य समस्या समाधानमा ठूलो सहयोग पु¥याएको छ । नारायण नगरपालिका–२ की भगवती थापा विगत लामो समयदेखि टन्सिलाइटिस र थाइराइडको समस्याबाट पीडित हुनुहुन्थ्यो । सोही समस्याका कारण उहाँले ब्याक्टेरियाको सङ्क्रमण रोक्न हरेक महिना एक हजार एमजीको मोनोसेफ इन्जेक्सन लगाउनुपर्ने बाध्यता थियो । उहाँको स्वास्थ्य अवस्था यति गम्भीर थियो कि हप्तामा एक पटक हातमा ‘क्यानुला’ अनिवार्य लगाउनुपथ्र्यो । आफ्नो विगतको पीडा स्मरण गर्दै थापा भन्नुहुन्छ, “विगतमा स्वास्थ्य समस्याकै कारण मेरा तीन वटा बच्चा लगातार मृत जन्मिए, चौथो सन्तान पनि जटिल शल्यक्रियामार्फत जन्मिएको हो । तर जब मैले नियमित योग अभ्यास सुरु गरेँ, मेरा सबै स्वास्थ्य समस्याहरू निको भए । अहिले म आफैँ योग शिविरमा मुख्य महिला प्रशिक्षकको रूपमा सक्रिय छु । योगले मेरो जीवनमा ऊर्जा र नयाँ जीवन भरिदियो । ‘‘योग जस्तो ओखती अरु छैन, मानिसलाई स्वस्थ जीवनयापन गराउने भनेकै योग रहेछ’’, थापाले भन्नुभयो ।

    images
    images

    दुल्लु नगरपालिका–११ की राधाकुमारी शाही सुगर, मिर्गौलाको पत्थरी, कलेजोमा बोसो जमेको, पेट फुलिनी, खुट्टा सुनिने, उच्च रक्तचाप, युरिकएसिड, पाठेघर र महिनावारीको समस्या योगबाटै निको भएको बताउनुहुन्छ । दर्जनौँं रोगमाथि योगले विजय गरेको कथा सुनाउँदै उहाँ भन्नुहुन्छ, “पहिले मेरो बास अस्पतालमा हुन्थ्यो, “मेरो आधा कमाइ अस्पतालमै सकिन्थ्यो” उहाँ स्मरण गर्नुहुन्छ, “अहिले पैसाको बचत भएको छ र स्वास्थ्य ठीक भएपछि खुसी छु । नयाँ जीवन पाएजस्तै भएको छ ।”यस्तै नारायण नगरपालिका–६ की सरिता बुढाको देब्रे खुट्टामा नीला गाँठागुटी देखिने र लामो समयको उपचारले निको नभएको समस्या योगले समाधान गरेको उहाँको अनुभव छ । “अस्पतालले समय–समयमा इन्जेक्सनमार्फत ती गाँठाबाट हरियो पानी निकाल्ने गथ्र्यो बुढा भन्नुहुन्छ, “पहिला अस्पताल धाउँदा हैरान भएकी थिएँ, तर नियमित योग अभ्यासले अहिले सबै गाँठागुटी हराएका छन, म पूर्ण स्वस्थ छु ।

    नौमूले गाउँपालिका–८ का मणिकुमार रिमालले लामो समयदेखिको गहिरो डिप्रेसन ९मानसिक समस्या० योगबाटै निको भएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “मानसिक रोगले निराशा बनाउँदो रहेछ, “योगले मस्तिष्कलाई सक्रिय बनाउँदो रहेछ, तनाव र चिन्ता सबै हराएर जाँदो रहेछ,“उहाँ सुनाउनुहुन्छ तर योग आसनले मस्तिष्क सक्रिय बनाएपछि अहिले म पूर्ण रूपमा स्वस्थ र खुसी छु । 

    यस्तै नारायण नगरपालिका–१ का रामकुमार श्रेष्ठले पनि नियमित योग अनुशासनका कारण आफ्नो फिस्टुलाको समस्या समाधान भएको बताउनुहुन्छ । नारायण नगरपालिका–१ की सुस्मा न्यौपाने पनि योगकै कारण नयाँ जीवन पाएको बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह र टन्सिलाइटिसका कारण उहाँ लामो समयदेखि पीडित हुनुहुन्थ्यो । योगले अहिले उच्च रक्तचाप, टन्सिलाइटिस र मधुमेह नियन्त्रणमा छ । नियमित योगकै कारण जटिल बन्दै गएका समस्या विस्तारै सुधार हुँदै गएका छन् । उहाँ भन्नुहुन्छ, ‘‘यदि मैले समयमै योग सुरु नगरेको भए मेरो शरीर थला परिसक्ने थियो । योगले मलाई दिनभर मनमा शान्ति दिने, भावानात्मक रुपमा सकारात्मक ऊर्जा पैदा गरेको छ ।’’

    त्यस्तै, प्रशिक्षकको अनुपस्थितिमा भूमिका निभाउन सक्ने क्षमता बनाउनु भएकी ऋतु मल्लले मोटोपन नियन्त्रण भएको र मन शान्त रहेको अनुभव सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘योगाभ्यास गरेमा मन चङ्गा र शरीर पूmर्तिलो हुन्छ । मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउँछ । मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ ।’’ अर्की प्रशिक्षक टीका रिजालले माइग्रेन र महिनावारीको समस्या योगले निको पारेको बताउँदै योगलाई औषधिभन्दा ठूलो उपचारका रूपमा व्याख्या गर्नुहुन्छ । गैरसरकारी संस्था महासङ्घ दैलेखकी अध्यक्ष डिलकुमारी चन्दले शरीरका जोर्नी दुख्ने समस्या हटेर शरीर लचकदार बनेको बताउनुभयो । जिल्लामा सुविधा सम्पन्न योग भवन बनेपछि दैनिक रूपमा योग गर्नेहरूको सङ्ख्या बढ्दो छ । दैलेख अहिले कर्णाली प्रदेशकै एक प्रमुख ‘योग हब’का रूपमा विकास भइरहेको छ ।

    स्वास्थ्य सेवा कार्यालय दैलेखकी जनस्वास्थ्य नर्स अधिकृत हरिकला थापा योगलाई एक प्रकारको ‘ठूलो प्राकृतिक अस्पताल’ मान्नुहुन्छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य परियोजना शाखा प्रमुख समेत रहनुभएकी थापाले दीर्घकालीन रूपमा रोगमुक्त रहन योग विज्ञानको महत्व बुझ्न अपरिहार्य रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘मैले योगको महत्व बुझरै नछुटाएर आउने गरेको छु । अस्पतालको औषधिले तत्काल फाइदा गरे पनि त्यसको नकारात्मक असर (साइड इफेक्ट) हुनसक्ने र त्यसले अर्को स्वास्थ्य समस्या ल्याउने सम्भावना रहन्छ ।’’ सबै नागरिकलाई उपचारका लागि आवश्यक पैसा जुटाउन कठिन हुने वर्तमान अवस्थामा नियमित योग अभ्यासले खर्च बचत गर्नुका साथै शरीरलाई दीर्घकालसम्म स्वस्थ राख्न मद्दत पु¥याउने उहाँको भनाइ छ ।” नियमित योगले मन शान्त हुने, शरीरमा स्फूर्ति र ऊर्जा बढ्ने तथा दिमाग तेजिलो हुने भएकाले दीर्घकालीन रोगबाट मुक्ति पाउन यो अचुक औषधि सावित हुने उहाँ बताउनुहुन्छ ।

    मुटुका रोगीहरूका लागि योग अत्यन्त फाइदाजनक छ । उचित खानपान, व्यायाम, तनाव व्यवस्थापन, प्राणायाम, ध्यान आदि मुटुको रोगको उपचारका लागि आवश्यक र सहयोगी विषय हुन् । यसबाट उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मोटोपन आदि घट्ने हुन्छ र मुटुलाई स्वस्थ बनाउन सहयोग पुग्छ । मानसिक तनाव घटाउन योगको प्राणायाम र ध्यानभन्दा प्रभावकारी अर्को पद्धति नभएको योग प्रशिक्षक बताउनुहुन्छ । नारायण नगरपालिका क्षेत्रका स्थानीय बासिन्दा पछिल्लो समय नियमित योग अभ्यासतर्फ आकर्षित भएका छन् । योगकै माध्यमबाट वर्षौँंदेखि बल्झिएका जटिल स्वास्थ्य समस्या समाधान हुन थालेपछि उनीहरूमा योगप्रतिको विश्वास बढेको हो ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend