images

२०८३ आश्विन १७ गते

images
images
images

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

images
images
बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • काठमाडौँ, १ माघ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । माघी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले देशका मौलिक संस्कृति जोगाउने कर्तव्य सबैको भएको उल्लेख गर्नुभएको छ ।

    images
    images

    Magha Parba 2082.jpg

    उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ, त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन् ।” 

    images
    images

    सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरुले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने माघी पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त रहेको उहाँको भनाइ छ । 

    उपाध्यक्ष घिमिरेले शुभकामना सन्देशमा भन्नुभएको छ, “यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend