images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल एसबिआई बैंकको घ्याङलेख शाखामा डकैती

नेपाल एसबिआई बैंकको घ्याङलेख शाखामा डकैती

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौँ ।  नेपाल एसबिआई बैंक लिमिटेडको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लास्थित घ्याङलेख शाखामा मंगलबार साँझ करिब ७ः०० बजे डकैतीको घटना भएको छ।

    images
    images

    अपरिचित व्यक्तिहरूको समूहले बैंक शाखामा जबर्जस्ती प्रवेश गरी ड्युटीमा रहेका सुरक्षा गार्डमाथि आक्रमण गरेका थिए। आक्रमणबाट सुरक्षा गार्ड घाइते भएका छन् भने बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई शाखाको भल्टमा रहेको नगद रकम लुटपाट गरी डकैत समूह फरार भएको जनाइएको छ।

    घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घाइते सुरक्षा गार्डलाई तत्काल चिकित्सकीय उपचारका लागि अस्पताल लगिएको छ। बैंकका अनुसार अन्य कर्मचारीहरू भने सकुशल रहेका छन्।

    images
    images

    बैंक व्यवस्थापनले घटनापछि आवश्यक सुरक्षा सतर्कता अपनाइएको तथा अनुसन्धान प्रक्रियामा सम्बन्धित निकायहरूसँग पूर्ण सहयोग भइरहेको जानकारी दिएको छ। प्रहरीले डकैतीमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend