images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • माघे सङ्क्रान्तिका लागि तरुलको माग बढ्यो,...

माघे सङ्क्रान्तिका लागि तरुलको माग बढ्यो, कति छ मूल्य ?

माघे सङ्क्रान्तिका लागि तरुलको माग बढ्यो, कति छ मूल्य ?

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौँ । माघे सङ्क्रान्तिमा अत्यधिक खपत हुने भएकाले तरुलको आयात ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा मात्रै दैनिक एकदेखि डेढ लाख किलो तरुल आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । मङ्गलवार कालीमाटी बजारमा (पुस २९ गते) १ लाख १९ हजार १६२ किलो तरुल आयात भएको उल्लेख छ ।  त्यस्तै, सोमबार १ लाख ४० हजार ९६६ किलो शनिबार १ लाख ४७ हजार ३९५ किलो  २५ गते १ लाख ९ हजार ८० किलो तरुल कालीमाटी तरकारी बजारमा आयात भएको उल्लेख छ । 

    images
    images

    काठमाडौँ उपत्यकामा कालीमाटी बाहेक बल्खु, जडीबुटी लगायत अन्य स्थानमा ठुला तरकारी बजार रहेका छन् । जसमा बिक्री हुने वस्तु छुट्टै आयात हुने गरेको  छ । आज कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकिलो ९० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend