images

२०८३ आश्विन २० गते

images
images
images

मङ्की टोपी लगाएका, खुकुरी र पेस्तोल भिरेकाले लुटे एसबिआई बैंकको घ्याङलेख शाखा

मङ्की टोपी लगाएका, खुकुरी र पेस्तोल भिरेकाले लुटे एसबिआई बैंकको घ्याङलेख शाखा

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित एसबिआई बैंकमा पुस २९ मा साँझ ६–७ जना प्रवेश गरे । गाउँपालिकाको केन्द्रमा सञ्चालित बैंकको शाखाका सुरक्षा गार्ड रुद्रबहादुर कार्की खाना पकाउँदै थिए । बैंकको अरू ३ जना कर्मचारी खाना खान बाहिर निस्केका थिए ।लुटेराहरूले सुरक्षा गार्डलाई आक्रमण गरे । खाना खाएर फर्किएका अरू कर्मचारीलाई पनि हातखुट्टा बाँधेर बैंकमा भएको नगद लुटेर भागे । लुटेराले बाहिरबाट चुकुल लगाएर सुरक्षा गार्ड र कर्मचारीलाई भित्रै थुनेर भागेका थिए । प्रहरी पुगेर उनीहरूको उद्धार गरेको हो । सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बैंकबाट ३ करोड १० लाख लुटपाट भएको छ ।

    images
    images

    सुरक्षा गार्ड रुद्रबहादुर कार्कीका अनुसार मङ्की टोपी लगाएर आँखा मात्र देखिनेगरी लुटेरा बैंकमा प्रवेश गरेका थिए । उनीहरूमध्ये दुईजनाले पेस्तोल देखाए, चारजनाले खुकुरी देखाएर गार्डलाई तर्साए । कार्की भन्छन्, ‘मैले प्रतिकार गर्न खोज्दा खुकुरीले हातमा हानेर घाइते बताए, हातखुट्टा बाँधेर लडाए ।’कार्कीका अनुसार स्टिलको जस्तो देखिने पेस्तोल लुटेराहरूले प्रदर्शन गरेका थिए । लुटेराले फालेको रकमको एउटा बोरा जङ्गलमा फेला परेको छ । स्थानीयको सहयोगमा प्रहरीले एउटा बोरामा प्याक गरेको रकम जङ्गलबाट बरामद गरेको हो ।

    लुटेराहरूले बनेपाबाट बिएडी–०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरेर लगेका थिए । सुमो प्रहरीले नियन्त्रणमा लिएको छ । सुमोका चालक भगत सिंह थापा सहित चार जनालाई पक्राउ गरिएको एसपी सुवेदीले जानकारी दिए । अरू ३ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।जङ्गलमा भेटिएको र लुटेराको साथबाट अहिलेसम्म १ करोड ८० लाख १० हजार नगद प्रहरीले बरामद गरेको छ । आरोपीहरू घ्याङलेखको वडा नम्बर–२ बाट पक्राउ परेका हुन् । बैंकको सुरक्षा गार्ड कार्कीका अनुसार लुटेराले उनलाई ‘नबोल’ भनेर मुख थुनेका थिए । कार्की भन्छन्, ‘नबोल भनेर मेरो मुख थुने, दुईजनाले पेस्तोल र ४ जनाले खुकुरी देखाए ।’घटनाको अनुसन्धान र आरोपीहरूलाई पक्राउ गर्न एसपी सुवेदी घ्याङलेखकको हायुटार र बस्तीपुर क्षेत्रमा खटिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend