images

२०८३ आश्विन २० गते

images
images
images

पाँच महिनामा कुन बैंकले कति कमाए नाफा ? (सूचीसहित)

पाँच महिनामा कुन बैंकले कति कमाए नाफा ? (सूचीसहित)

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालका वाणिज्य बैंकहरूको कुल नाफ २५ अर्ब ७२ करोड ५ लाख रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पाँच महिनाको वित्तीय संस्थाहरूको नाफासम्बन्धी तथ्यांकअनुसार अघिल्लो वर्षको सोही समयको तुलनामा १५.९२ प्रतिशतले कम नाफा हासिल गरेका हुन् ।गत आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड २८ लाख रुपैयाँ नाफा कमाएका थिए। चालु आवमा समग्र बैंकिङ नाफा घट्दा अधिकांश बैंकको आम्दानी दबाबमा परेको देखिन्छ। मंसिर मसान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंक र नबिल बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । यता, सिटिजन्स बैंकले भने सबैभन्दा कम नाफा कमाएको छ ।

    images
    images

    यस्तो छ बैंकगत नाफाको विवरण

    ग्लोबल आइएमई बैंकले पाँच महिनामा ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । गत वर्ष बैंकको नाफा २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ थियो। त्यस्तै, नबिल बैंकले समीक्षा अवधिमा ३ अर्ब ११ करोड ७७ लाख रुपियाँ नाफा हाँसिल गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँभन्दा कम हो।

    images
    images

    प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यस्तो नाफा १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ थियो । त्यस्त, एभरेष्ट बैंकको नाफा घटेर १ अर्ब ८९ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो। एनएमबी बैंकले १ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आवको १ अर्ब ९० करोड ६४ लाख रुपैयाँभन्दा कम हो ।कुमारी बैंकको नाफा १ अर्ब ५२ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यो १ अर्ब ९९ करोड ३० लाख रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले समीक्षा अवधिमा १ अर्ब २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकको नाफा २ अर्ब ४९ करोड १० लाख रुपैयाँ थियो।

    प्रभु बैंकको नाफा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ थियो । स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि गत आवमा १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ थियो । हिमालयन बैंकको नाफा १ अर्ब १३ करोड १५ लाख रुपैयाँ रहेको छ। गत वर्ष यो १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले समीक्षा अवधिमा १ अर्ब २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकको नाफा २ अर्ब ४९ करोड १० लाख रुपैयाँ थियो।यसबाहेक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई र माछापुछ्रे र एनआईसीएसियाको पनि नाफा घटेको छ । लक्ष्मी सनराइजको नाफा उल्लेख्यरूपमा घटेर ९२ करोड ६६ लाख रुपैयाँमा झरेको छ। गत आवमा बैंकले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । नेपाल एसबीआई बैंकको नाफा ९० करोड ४७ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँभन्दा कम हो। त्यस्तै, पाँच महिनामा माछापुच्छ्रे बैंकले ८४ करोड ३५ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ५९ करोड ४५ लाख रुपैयाँ, नेपाल बैंकले ५९ करोड ४ लाख रुपैयाँ, कृषि विकास बैंकले ४१ करोड ७१ लाख रुपैयाँ र सिटिजन्स बैंकले २४ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

    यी बैंकहरूले बढाए नाफा

    राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । गत वर्ष बैंकको नाफा ८६ करोड ७१ लाख रुपियाँ रहेकोमा यस वर्ष १ अर्ब ९ करोड ६४ लाख रुपियाँ पुगेको छ । सानिमा बैंकले नाफा वृद्धि गर्दै १ अर्ब ६ करोड २८ लाख रुपियाँ कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो। त्यस्तै, सिद्धार्थ बैंकले नाफा बढाएर १ अर्ब १७ लाख रुपियाँ पुर्‍याएको छ, जुन गत वर्ष ९७ करोड ९० लाख रुपैयाँ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend