images

२०८३ आश्विन १७ गते

images
images
images
  • कला / संस्कृति
  • नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक...

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • नवलपरासी । गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ ।गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै पक्की पुल तरेर देवघाट पुगिने बताए । त्यस्तै, गैँडाकोटकै कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोर हुँदै ढोडेनी पुगेर हर्दी हुँदै कालीगण्डकी नदीको पक्की पुल तरेर देवघाट पुग्न सकिने तिवारीले जानकारी दिए । दुवै सडक कलोपत्र गरिएको भन्दै सहज रूपमा देवघाट पुगी स्नान गरेर फर्किन सकिने तिवारीको भनाइ छ ।

    images
    images

    नवलपुर, तनहुँ र चितवनको सङ्गममा पर्ने देवघाटधाम जानका लागि चितवनको मात्र सडकको भर पर्नुपर्ने अवस्थामा सवारीसाधनको जामले यात्रीहरूले सास्ती खेप्दै आएकामा अब त्यो पीडा न्यूनीकरण भएको पालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नवलपुर र पश्चिमतर्फबाट आउने यात्रुहरू गैँडाकोटबाटै सिधै देवघाट पुग्ने भएकाले सहज सडक प्रयोग गर्न आग्रह गर्नुभयो । “सहज र छोटो दूरीमा गैँडाकोटबाट सिधै देवघाट पुग्न सकिन्छ”, उनले भने, “अहिले यो सडकमा निजी सवारीसाधन र अटो रिक्सामात्र हिँड्ने गरेका छन् तर माघेसङ्क्रान्तिलाई लक्षित गरी सार्वजनिक सवारीसाधन सञ्चालन गराउने तयारी गरेका छौँ ।”यसअघि देवघाट जान नवलपुरको कलीगण्डकी करिडोर हुँदै एवं चितवनको आँपटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट जानुपर्ने बाध्यता थियो । गैँडाकोट–१ र गैँडाकोट–३ लाई जोड्नेगरी पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै सिधै देवघाट पुग्न सकिने वातावरण सृजना भएको नगरप्रमुख अधिकारीले बताए । गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै करिब पाँच किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि देवघाट पुग्न सकिने उनले बताए ।

    देवघाट जाने तीर्थयात्रीका लागि कालीगण्डकी नदीको केलादीघाटमा स्नान गर्ने व्यवस्था गरिएको भन्दै उनले यहाँबाट देवघाटको बेणी सङ्गमा जान पक्की पुल तथा डुङ्गा प्रयोग गर्न सकिने बताए । सवारीसाधन पार्किङका लागि केलादी बसपार्कलाई प्रयोग गर्न सकिने भन्दै उनले देवघाटमा माघ स्नानका लागि नवलपुरतर्फको सडक प्रयोग गर्न आग्रह गरे।देवघाटधामको बेणी सङ्गममा आज बिहान बाँसको लिङ्गो गाडेर मकरस्नान सुरु गर्ने वैदिक परम्परा छ । गोसाईँकुण्डबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकी नदीको मिलन एवं नारायणी नदीको मुहानका रूपमा रहेको दवघाटधामको बेणी सङ्गममा मकरस्नान सुरु गर्न यहाँका वैदिक आश्रमका बटुक तथा पीठाधीश, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र भक्तजनको सहभागिता रहने गर्दछ । देवघाटमा माघेसङ्क्रान्ति स्नानका लागि नेपालका विभिन्न जिल्लासहित विदेशी भक्तजन पनि आउने गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend