सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटारमा रहेको एसबीआई बैंक शाखा कार्यालय अज्ञात समूहले मंगलबार राति लुटपाट गरेको छ ।अन्दाजी ९/१० जना नकावधारी लुटेरा समूहले बैंकका गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरि फरार भएको प्रहरीले जनाएको छ ।प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार गार्ड रुद्रबहादुर कार्की तथा कर्मचारीहरुलाई नियन्त्रणमा लिएर बैंक फोडेर नगद लुटेर लगेका छन् ।
गाउँपालिका अध्यक्ष जगत भोलनका अनुसार बैंकका गार्ड कार्कीलाई खुकुरी प्रहार गरि घाइते बनाइ बाँधेर बैंक लुटपाट भएको थियो । लुटेराले के कती रकम लुटपाट गरे भन्ने एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय बस्तीपुर र स्थानीयहरुसमेतले खोज तलास गर्दा एक बोरा पैसा नजिकैको जंगलमा फेला परेको थियो । बैंक स्रोतका अनुसार लुटेराले तीन करोड ११ लाख लुटेका थिए । प्रहरीले लुटेराहरुले रिजर्भमा लिएर आएको सुमो गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रमुख सुवेदीका अनुसार प्रहरी परिचालन गरि लुटेराको खोजबिन भैरहेको छ । चालकले प्रहरीलाई दिएको बयानमा बनेपाबाट बिहेमा जाने भनि लुटेराले गाडी रिजर्भ गरेर आएका थिए ।घाइते बैंकका गार्ड कार्कीका अनुसार भान्सामा खाना बनाइरहेको समयमा एक्कासी कोठामा प्रवेश गरि हातमा खकुरी प्रहार गरेर बाँधेर राखेको र अन्य कर्मचारीलाइ पनि नियन्त्रणमा लिइ लुटपाट गरेका थिए ।




.gif)





