images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक...

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा यही असोज ६ गतेदेखि दैनिक नयाँ रेकर्ड बन्दै आएको छ ।

    images
    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

    यसअघिको उच्च मूल्य सोमबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, गएको आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend