images

२०८३ आश्विन १७ गते

images
images
images

आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न

आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • दोधारा चाँदनी (कञ्चनपुर), ३० पुस  ।  तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेशकुमार यादवले जानकारी दिनुभयो । 

    images
    images

    उहाँका अनुसार तीन पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्तपुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्नेगरी थेगिम गाल्भा जेभीसँग रु पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    “उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसायीले काम नगरेपछि हामीले १० प्रतिशत हर्जाना तिराएर यस पटक काम सम्पन्न गराएका छौँ”, प्रमुख यादवले भन्नुभयो, “यसरी वर्षौँदेखि अलपत्र परेका कञ्चनपुरका चार वटा पुल निर्माण हामीले सम्पन्न गरेका छौँ ।”

    images
    images

    सम्झौताको नौ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निमार्णका लागि विसं २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । 

    सम्झौता अनुसार विसं २०७५ पुसभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि काम सकिएको प्रमुख यादवले बताउनुभयो । “पुल निर्माण सकिएर परीक्षणको कार्य भइरहेको छ । दुई–तीन दिनभित्रै उक्त काम सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “पुलको फाउण्डेशनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो ।”

    त्यसैगरी पाँच पटक म्याद थप भएर निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालामाथिको पुल हालै सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त पुल १८ महिनाभित्र सम्पन्न गर्नेगरी विसं २०७४ वैशाख १४ गते शङ्कर–माली एकेला जेभीसँग रु चार करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    त्यस्तै बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिने पुलको पनि पाँच पटक म्याद थप भएको छ । विसं २०७४ जेठमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी राजेन्द्र–लुम्बिनी जेभीसँग रु १३ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख यादवले भन्नुभयो, “समयमा काम नगर्ने निर्माण व्यवसायीलाई हर्जाना तिराएरसमेत निमार्ण सम्पन्न गरेका छौँ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend