images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • चाडपर्व अगावै भित्रिए १६ सय बढी...

चाडपर्व अगावै भित्रिए १६ सय बढी ईभी गाडी, कुन देशबाट कति गाडी भित्रियो ?

चाडपर्व अगावै भित्रिए १६ सय बढी ईभी गाडी, कुन देशबाट कति गाडी भित्रियो ?

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौँ । चालु आर्थिक २०८१/८२ को दुई महिनामा एक हजार ६०२ वटा ईभी सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका छन् । 

    images
    images

    भन्सा विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दुई महिनामा अर्था साउनदेखि भदौँ मसान्त्सम्ममा  ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६०२ वटा ईभी सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका हुन् । 

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीहरूको महान चाडपर्व नजिकिदै गर्दा दसैँ–तिहार तथा छठ पर्वलाई टार्गेट गर्दै ईभी गाडीका बिक्रेता कम्पनीहरूले विभिन्न देशबाट उच्च मात्रामा गाडी भित्रिएको देखिएको छ । विभागको अनुसार साउन महिनामा भने ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरका ३८१ वटा मात्र ईभी गाडी नेपाल आएका थिए ।

    images
    images

    जुन साउनको तुलनामा भदौमा ४.२० गुणा बढी ईभी गाडी भित्रिएका हुन् । भदौमा चीनबाट ५० किलोवाट क्षमता भएका ३६१ वटा ईभी गाडी भित्रिएको विभागले जनाएको छ । ७१ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको उक्त गाडी भित्रिदा सरकारले त्यहाँबाट ३१ करोड ७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

    कुन देशबाट कति गाडी भित्रियो ? 

    यस्तै, भारतबाट ५० किलोवाट मोटर क्षमता भएका ३२ करोड ६६ लाख ४८ हजार मूल्यको १९९ वटा गाडी आयात भएका छन् । जसबाट सरकारले १४ करोड १३ लाख ४३ हजार रुपैयाँ कमाएको विभागले जानकारी दिएको छ ।

    यसैगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी गाडी भारतबाट २७६ र चीनबाट ६६२ गरी जम्मा ९३८ वटा ईभी गाडी आयात भएका छन् । २ अर्ब ४३ करोड २१ लाख २५ हजार रुपैयाँको उक्त गाडी आयात हुँदा सरकारले एक अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ राजश्व  संकलन गरेको विभागको तथ्याङकले देखाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend