images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • शहिद स्मारक जनस्वास्थ्य सहकारीको १९औँ वार्षिक...
१९औँ वार्षिक साधारण सभा सम्पन्न

शहिद स्मारक जनस्वास्थ्य सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

शहिद स्मारक जनस्वास्थ्य सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • काठमाडौँ। शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। माननीय सोमनाथ अधिकारी ‘प्यासी’को अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०८१।०८२ को आर्थिक प्रतिवेदन सहित विभिन्न प्रस्तावहरू पारित गरेको छ।

    images
    images

    २०६२।०६३ को जनआन्दोलन पछि शहिदहरूको स्मृतिमा स्थापना भएको यस सहकारीले अस्पताल सेवा तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमको संयोजन वरिष्ठ अधिवक्ता ओम थपलियाले गर्नुभएको थियो भने स्वागत मन्तव्य शहिद स्मारक कलेजका अध्यक्ष निलकृष्ण ताम्राकारले व्यक्त गर्नुभएको थियो।

    शहिद मेमोरियल अस्पतालका अध्यक्ष प्रा.डा.गणेशमान गुरुङले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा १९ वर्षदेखि निरन्तर सेवा प्रदान गर्न सफल हुनु गर्वको विषय भएको उल्लेख गर्नुभयो। उहाँले देशमै रोजगारी सिर्जना गर्दै हजारौँ सेवाग्राहीलाई सेवा दिन पाएको अनुभूति जिम्मेवार नागरिकको कर्तव्य पूरा गरेको अनुभूति भएको बताउँदै आगामी दिनमा अस्पताल सेवाको थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    images
    images

    अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचनमार्फत अध्यक्षमा माननीय प्रा। डा। गणेशमान गुरुङ, उपाध्यक्षमा निलकण्ठ काफ्ले, सचिवमा पुरुषोत्तम अधिकारी, सह–सचिवमा समिरा प्रधान र कोषाध्यक्षमा भगवान धले निर्वाचित हुनुभएको छ।

    यसैगरी सदस्यहरूमा उपेन्द्र पौड्याल, दीपक बस्नेत, तीर्थ प्रधान, रामचन्द्र कोइराला, राजेन्द्रमान श्रेष्ठ, दिपेन्द्र के।सी। र सरिता महर्जन चयन हुनुभएको छ। महिला सदस्यहरूमा सीता रिजाल, राजकुमारी भुजेल र तुलसी शाह निर्वाचित हुनुभएको छ।

    नवनिर्वाचित अध्यक्ष गुरुङले संस्थामा विगतमा तत्कालीन प्रबन्ध निर्देशक तथा मेडिकल डाइरेक्टरबाट भएका भनिएका अनियमिततामाथि तथ्य र प्रमाणका आधारमा शून्य सहनशीलताको नीति अपनाउँदै कडा कारबाही गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा १५ वर्ष सेवा गरेका उत्कृष्ट कर्मचारीहरू रुद्र न्यौपाने, दिलमाया महर्जन, सङ्गीता महर्जन, शान्ताकुमारी थापा र सीता श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend