images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • मुगुमा भाईरल ईन्फईलुन्जा कायमै, पछिल्लो साता...

मुगुमा भाईरल ईन्फईलुन्जा कायमै, पछिल्लो साता २ को मृत्युु

मुगुमा भाईरल ईन्फईलुन्जा कायमै, पछिल्लो साता २ को मृत्युु

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • मुगु । पुसको पहिलो हप्ताबाट फैलियको रुघाखोकी (भाईरल ईन्फईलुन्जा) पुसको अन्तिम साता सम्म कायमै रहने देखियको छ ।पुसको तेस्रो सातामा भाईरलकै कारण सोरु गाउपालिका वडा न ७ मा बर्ष ३६ कि जानदेबि बिष्ट र वडा न ६ कि बर्ष ६८ कि नारया भण्डारी को मृत्युु भयको थियो । त्यसतै सोरु गाउपालिकाको नार्थपु, कालै ,सिड्डि ,खनाया ,सोरुकोट लगायत बस्तिका प्राबि देखि कक्षा १२ सम्मका बिध्यालय पैस अन्तिम सम्मलाई भन्दै बिध्यालय ब्यबस्थापन समिति र स्थानिय निकायको साझेदारिमा बन्द गरियका छन्।अधिकासं बिध्यार्थि र शिक्षकमा रुघाखोकी ले प्रभाव पारि पठन पाठन गर्न समस्या भयपछि बिध्यालय १ साताकोलागि बन्द गरियको थियो ।रुघाखोकी प्रकोप कायमै भयपछि थप १साता लम्बियको कुरा कहिले रुघाखोकी बाट बिध्यार्थि सन्चो भयपछि बिध्यालय खोलिने कुरा युवावर्ष आबि सोरुकोटका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष जयबिरे रोकायाले बताउँनु भयो ।अधिकासं बिध्यालयमा अर्धबार्षिक परीक्षा संचालन भयको भयपनि रुघाखोकि र उच्च ज्वरोका कारण बिध्यार्थि परीक्षा दिन आउदैनन बाल जनज्योति माबिका प्रधानाध्यापक राजबहादुर मल्ल बताउँछन् ।

    images
    images

    ४,५ दिनसम्म उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रुघाखोकी लाग्ने, खाना खान मन नलाग्ने र थकान महसुस हुने जस्ता बिरामिमा लक्ष्यण हुने गरेको अ‍ौषधिफसेवन गरि बिरामी लाई तातो गरेमा बिरामी सन्चो हुने गरेको सोरु गाउपालिकाका स्वास्थ्यकर्मी राजेन्द्र शाही बताउँछन् ।अत्याधिक चिसो का कारण बिध्यालयमा घाम ढिलो लाग्ने ठाउमा आगो तापेरै कक्षा संचालन गर्नु परेको बिध्यार्थिको न्यून उपस्थिति शुने गरेको कुरा मुगुम कार्मारोङ गाउँपालिका(९ पाँपु गाउँ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रअ गोबिन्द बहादुर रोकाय ले बताउँनु भयो ।छायानाथ रारा नगरपालिका ​बामगाउँ वडा नं। १२यो क्षेत्रमा पुसो दोस्रो साता सम्मा प्रकोपबाट छोटो समयमै ५ जनाको मृत्यु भएको थियो, यद्यपि स्वास्थ्य कार्यालयले ती मृत्युहरू अन्य दीर्घ रोगका कारण चिसोले पनि मृत्युु भएको पनि हुन सक्ने अस्पताल मुगुले बतायको छ ।सो नगरपालिकाको वडा नं। १, ५ र ७स् यी वडाहरूमा पनि ज्वरो र रुघाखोकीका धेरै बिरामी भेटिएका छन्।

    सोरु गाउँपालिकाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च र वुम्च कालैं ,धैन लगायतका एक दर्जनभन्दा बढी बस्तीहरू प्रभावित छन्। यहाँका प्रायः हरेक घरमा बिरामी रहेको र विद्यालयका विद्यार्थीहरूमा पनि संक्रमण देखिएको छ।मुगुम कार्मारोङ गाउँपालिमा वडा नं। ७, ८ र ९ का पापु, माग्री, मह र चिमाल जस्ता गाउँहरूमा मंसिरको दोस्रोसाताबाटफ ज्वरो फैलिएको छ। यहाँका स्वास्थ्य चौकीहरूमा बिरामीको चाप उच्च रहेको छ। ६३० जना प्रभावित मध्यफ२ जनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरियको हाल स्वास्थ्य शिविर संचालन गरि ईन्फईलुन्जा पोजेटिभ केही नियन्त्रणमा आयको कुरा मुगुम कार्मारोग गाउँपालिका स्वास्थ्य कर्मि बलिराज बुढा बताउँछन्।खत्याड गाउँपालिका गम्था, रिगा, रातापानी लगायतका क्षेत्रमा पनि भाइरलको प्रभाव देखिएको छ। उपचारकोलागि स्वास्थ्यकर्मी पठाईयको खत्याडगाउँपालिका वडा न २ का अध्यक्ष हेमराज मल्लले बताउँनु भयो ।

    images
    images

    दुर्गम क्षेत्र भएकाले कतिपय ठाउँमा सिटामोल जस्ता आधारभूत औषधिको अभाव र दक्ष स्वास्थ्यकर्मीको कमीले गर्दा उपचारमा समस्या देखिएको छ भने कुनै स्थानीय तहका बस्तिमाजिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रहरूमा चिकित्सकको टोली पठाएर स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छन् ।हिउँदको लामो समय सम्म वर्षा र हिमपात नहुँदा सुख्खा हावाले चिसो अत्यधिक बढन गई रुघा खोकि ,निमोनियाले उच्च स्थान लिई धेरै प्रभावित भयको भाईरल प्रभावित क्षेत्रका सर्वसाधारण बताउँछन् ।जिल्ला भरका बृद्वबृद्वालाई चिसोबाट वच्न कम्मल बाँडियका छन् ।आफ्नो बस्ति स्तरका बृद्वबृद्वालाई समेत कम्मल बाँडियको सोरु ६ का वडा अध्यक्ष बबरजगं शाही बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend