images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • मनाङमा जडीबुटी उत्पादन घट्दै, राजस्व सङ्कलनमा...

मनाङमा जडीबुटी उत्पादन घट्दै, राजस्व सङ्कलनमा कमी

मनाङमा जडीबुटी उत्पादन घट्दै, राजस्व सङ्कलनमा कमी

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • मनाङ। हिमाली जिल्ला मनाङलाई जडीबुटी उत्पादनको प्रमुख क्षेत्रका रूपमा लिइए पनि पछिल्लो समय यहाँ जडीबुटी उत्पादन तथा निकासी घट्दै गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ एकाइका अनुसार जडीबुटी उत्पादन घटेसँगै यसबाट हुने राजस्व सङ्कलन पनि कमी हुँदै गएको छ।

    images
    images

    जिल्लामा कृषि, पशुपालन र जडीबुटी मुख्य आयस्रोतका रूपमा रहेका छन्। तर यी सबै क्षेत्रबाट प्राप्त हुने आम्दानी क्रमशः घट्दै गएको एक्यापले जनाएको छ। चालु आर्थिक वर्ष २०८२।८३ मा जडीबुटीबाट कुल १४ लाख ९३ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

    एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार यस अवधिमा यार्सागुम्बा ४८.८ किलो निकासीबाट मात्र १४ लाख १९ हजार ८०० रुपैयाँ राजस्व सङ्कलन गरिएको हो। प्रतिकिलो यार्सागुम्बाबाट ३१ हजार रुपैयाँ राजस्व उठ्ने व्यवस्था रहेको उनले जानकारी दिए।

    images
    images

    त्यसैगरी, वनलसुन १,७७५.५ किलोबाट ५३ हजार २६५ रुपैयाँ, कुट्की ३०५ किलोबाट १२ हजार २०० रुपैयाँ र जिम्बु ७९१ किलोबाट ७ हजार ९१० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

    गत आर्थिक वर्ष २०८१।८२ मा जडीबुटीबाट ३६ लाख ५ हजार ५९० रुपैयाँ राजस्व उठेको थियो। उक्त वर्ष यार्सागुम्बा ११२.६९ किलोबाट ३४ लाख ९९ हजार ४० रुपैयाँ राजस्व प्राप्त भएको थियो।

    त्यसअघि २०८०र८१ मा २३ लाख २७ हजार ३३० रुपैयाँ र २०७९।८० मा २६ लाख १३ हजार ७ रुपैयाँ राजस्व सङ्कलन भएको एक्यापको तथ्याङ्क छ।

    एक्याप प्रमुख भुजेलका अनुसार समयमै हिउँ परेका वर्षमा जडीबुटी उत्पादन राम्रो हुने र राजस्व पनि बढ्ने गर्दछ। “हिउँ कम परे वा समयमा नपरे जडीबुटी उत्पादन पूर्ण रूपमा घट्ने गर्छ,” उनले भने, “जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा तीव्र रूपमा देखिन थालेको छ, जसको असर जडीबुटी उत्पादन र आम्दानीमा परेको छ।”

    जडीबुटी सङ्कलनका लागि जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय र संरक्षण समितिको संयुक्त बैठकबाट मूल्य निर्धारण गरी पुर्जी काटेर सङ्कलन अनुमति दिइने व्यवस्था रहेको एक्यापले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend