images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पाँच महिनामा भित्रियो ८ खर्ब ७०...

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौँ ।आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ३५.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार रेमिट्यान्स बढेर ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स १ खर्ब १८ अर्ब ७९ करोड भित्रिएको थियो।

    images
    images

    यो अवधिमा अमेरिकी डलरमा २९ प्रतिशतले वृद्धि भई रेमिट्यान्स ६ अर्ब १६ करोड पुगेको छ। यस्तै खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ।यो पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend