images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दामा सुनुवाइ...

दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । दुर्गा प्रसाईँ, उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्की इजलासमा सुनुवाइ हुन लागेको हो ।नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईँको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो । 

    images
    images

    उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईँविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो । यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो । प्रसाईँले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend