images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश...

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ लिएका छन् । बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट उपाध्याय अध्यक्षमा निर्वाचित भएका थिए ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बुधबार उनले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    images
    images

    उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।सोमबार सम्पन्न बैंकको वार्षिक साधारणसभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend