images

२०८३ आश्विन १८ गते

images
images
images

घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • दलहन वनस्पतिमा पर्ने बदाम जाडो मौसममा अधिकांशले खान रुचाउने गर्दछन् । जाडोयाममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ । बदाम खानु स्वादका हिसाबले त मीठो हुन्छ नै, साथै मानव स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । जाडो मौसममा खाइने बदामका फाइदाहरूः
    १. तौल घटाउन

    बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महसुस हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्‍याउने गर्दछ । बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ ।

    images
    images

    २. क्यान्सरबाट जोगाउन

    बदामको सेवनले क्यान्सरजस्तो प्राणघातक रोगको खतराबाट समेत जोगाउँछ । बदाममा हुने फाइटोस्टेरोल नामक तत्त्वले ट्युमरसमेत नियन्त्रण गर्दछ ।

    images
    images

    ३. कोलेस्टेराेलमा नियन्त्रण

    बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टेराेल तह कायम गर्न सहयोग गर्छ । यसका साथै बदामको सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ ।

    ४. मधुमेहबाट जोगाउँछ

    बदाम हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ । तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ ।

    ५. डिप्रेसनका लागि उपयोगी

    बदाममा पाइने ट्राइपटोफन नामक तत्त्व डिप्रेसनविरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी हुन्छ । तसर्थ डिप्रेसनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ ।

    ६. शिशु स्वस्थ बनाउन

    बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ । तसर्थ अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवातीदेखि नै बदामको सेवन गर्दछन् ।

    ७. अन्य फाइदाहरू

    बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ । साथै, बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्त्वहरू भेटिन्छन् । जसले कपाल वृद्धि गर्ने र कपाल झर्नबाट समेत जोगाउँछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend