काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि २० गते निष्काशन खुला गरेको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ बाँडफाँटका लागि प्रि-अलॉटमेन्ट भइसकेको छ ।कम्पनीको आईपीओका लागि २३ लाख ८३ हजार ४ सय ७ जनाको आवेदन परेको छ । २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो ।
बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपियाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपियाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।२६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपियाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । उक्त कम्पनीको शेयर १ लाख ४३ हजार ९ सय ८ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।




.gif)



