images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पोखरा महानगर भित्रका किसानलाई गोबर मल...

पोखरा महानगर भित्रका किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

पोखरा महानगर भित्रका किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • गण्डकी। पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ ।महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    images
    images

    जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए । यस वर्ष अनुदानका लागि रु १० लाख विनियोजन गरिएको उनले जानकारी दिए । जिल्ला दररेट अनुसार गोबरको मल प्रतिकिलो तीन रुपैयाँ २५ पैसा पर्दछ ।रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गरे । “यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फर्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने नुदानले राहत मिल्नेछ”, उनले भने, “यसले किसानलाई उत्पादनको लागत घटाउन पनि सहयोग पुग्छ ।”यस कार्यक्रमले पशुपालन र तरकारी तथा फलफूल उत्पादनमा पनि एक अर्कोलाई सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend