images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • चालु आवमा २३ अर्ब ३४ करोडको...

चालु आवमा २३ अर्ब ३४ करोडको आईपीओ स्वीकृत

चालु आवमा २३ अर्ब ३४ करोडको आईपीओ स्वीकृत

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्ममा २३ अर्ब ३४ करोड माथिको आईपीओ स्वीकृति गरेको छ । बोर्डले चालु आर्थिक वर्षको हालसम्म ११ कम्पनीको आईपीओलाई स्वीकृति दिएको हो । बोर्डले ११ कम्पनीको २३ करोड ३४ लाख २४ हजार ४९५ कित्ता सेयरको लागि अनुमति दिएको हो । चालु आर्थिक वर्षमा आईपीओ अनुमति पाएका कम्पनीहरुको २३ अर्ब ३४ करोड २४ लाख ४९ हजार ५०० रुपैयाँको आईपीओलाई बोर्डले स्वीकृति दिएको छ । स्वीकृति भएका कम्पनीमध्ये केही कम्पनीको आईपीओ जारी भएर बाँडफाँट गरि दोस्रो बजारमा कारोबार समेत भइसकेको छ । केही कम्पनीको आईपीओमा आवेदन खुल्ला हुने चरणमा रहेको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार अहिले पनि ५५ अर्ब ४० करोड ३२ लाख ५४ हजार ३६१ रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । विभिन्न क्षेत्रका ८५ कम्पनीहरु बोर्डको स्वीकृतिको पर्खाइमा रहेका छन् । यी कम्पनीहरुको ३८ करोड ९१ लाख ३६ हजार कित्ता सेयर पाइपलाइनमा रहेको छ । आईपीओको पाइपलाइमा रहेका कम्पनीमध्ये सबै भन्दा धेरै कम्पनी हाइड्रोपाव क्षेत्रका रहेका छन् । 

    images
    images

    यी हुन आईपीओको स्वीकृति पाउने कम्पनीहरु 

    धितोपत्र बोर्डले हालसम्म विभिन्न ११ वटा कम्पनीहरुलाई आईपीओ जारी गर्नेका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको हालसम्म ११ वटा कम्पनीले आईपीओ जारीको अनुमति पाएका हुन् । चालु आर्थिक वर्षमा सबै भन्दा पहिले आईपीओ जारीको अनुमति पाउने कम्पनी हो सागर डिस्टीलरी । यो कम्पनीले साउन १२ गते आईपीओ जारीको लागि अनुमित पाएको थियो । त्यस्तै साउन १३ गते श्रीनगर एग्रीटेकले पनि आईपीओ जारी गर्ने अनुमति पाएको थियो । त्यस्तै एसवाइ प्यानलले भदौ १७ गते आईपीओ जारीका लागि अनुमति पाएको थियो । सालपा विकास बैंकले मंसिर ८ गते आईपीओ जारी गर्ने अनुमति पाएको थियो । त्यस्तै सोलु हाइड्रोपावरले मंसिर २४ गते आईपी जारीको अनुमति पाएको थियो ।  यी कम्पनीमध्ये सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो भने सोलु हाइड्रोले यहि पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गर्दै छ । त्यस्तै अनुमति पाएका अन्य कम्पनीहरुमा भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट इन्डस्टीज र शिखर पावर डेभलपमेन्ट रहेको छ । यी कम्पनीहरुले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी हरेको छ । 

    images
    images

    कुन क्षेत्रका कति कम्पनी पाइपलाइनमा 

    अहिले पाइपलाइनमा रहेका कम्पनीमध्ये होटल तथा टुरीजम क्षेत्रका ९ कम्पनीको २ करोड ६७ लाख ९३ हजार १३० कित्ता बराबरको २ अर्ब ६७ करोड ९३ लाख १३ हजार रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । त्यस्तै हाइड्रोपावर क्षेत्रका ३६ कम्पनीको १६ करोड ४२ लाख ३१ हजार ९०३ कित्ता सेयर बराबरको १६ अर्ब ८३ करोड ४ लाख ५५ हजार २३६ रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । त्यस्तै इन्भेष्टमेन्ट क्षेत्रका ४ कम्पनीको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता सेयरको ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ, उत्पादन तथा प्रसोधन क्षेत्रका २२ कम्पनीका १३ करोड १५ लाख २४ हजार ५२२ कित्ता बराबर २७ अर्ब ४९ करोड ९१ लाख ४१ हजार ७२५ रुपैयाँको सेयर पाइपलाइनमा रहेको छ । त्यस्तै माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनीको ६७ लाख ५० हजार कित्ताको ६७ करोड ५० लाख र अन्य क्षेत्रका ११ कम्पनीको ४ करोड ११ लाख ८६ हजार ६९ कित्ताको ४ अर्ब ५७ करोड ९३ लाख ६ हजार ९०० रुपैयाँको सेयर अहिले पनि बोर्डको अनुमतिको पर्खाइमा रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend