images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • त्रिवि शिक्षण अस्पतालमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन...

त्रिवि शिक्षण अस्पतालमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

त्रिवि शिक्षण अस्पतालमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ ।अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै बैंकले काउन्टर सञ्चालन गर्न लागेको हो ।शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउन सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ ।स

    images
    images

    म्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।सम्झौतापश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउने छ ।यसअघि अस्पताल परिसरमा एटीएम जडान गरी सेवा प्रवाह गर्दै आएको बैंकले काउन्टरमार्फत् शिक्षण अस्पतालमा आउने बिरामीहरूले उपचारका क्रममा बिल भुक्तानी तथा रेमिट्यान्स सेवालगायत विभिन्न बैंकिङ कारोबार सहज रूपमा प्रदान गर्नेछ ।

    बैंकले सरकारी तथा सार्वजनिक निकायहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने अभियानमा थप एक महत्वपूर्ण पहल लिएको छ ।बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सेवाग्राही तथा अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पुर्याउने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend