images

२०८३ आश्विन २२ गते

images
images
images

ज्येष्ठ नागरिकलाई यी ६४ वटा अस्पतालमा उपचार गराउँदा सुविधा पाउने (सूचीसहित)

ज्येष्ठ नागरिकलाई यी ६४ वटा अस्पतालमा उपचार गराउँदा सुविधा पाउने (सूचीसहित)

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  •  काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ । सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा यो वर्ष दुई वटा स्वास्थ्य संस्था थप गरी ६४ वटा संस्थाबाट सेवा प्रदान गरेको हो ।

    images
    images

    चालु आर्थिक वर्ष २०८१/२०८२ मा डोटीस्थित डोटी अस्पताल र अछामस्थित मंगलसेन अस्पतालमा थप गरेको हो ।ज्येष्ठ नागरिकहरूलाई निःशुल्क एवम् सहुलियतपूर्ण रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालहरूमा ज्येष्ठ नागरिक वार्ड स्थापना तथा सञ्चालन विस्तार गर्दै लगिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । 

    ६४ अस्पतालको सूची-ः

    images
    images

    १.वीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी

    २. कोशी अस्पताल, विराटनगर, मोरङ

    ३.मेची अस्पताल, भद्रपुर, झापा

    ४.उदयपुर अस्पताल, उदयपुर

    ५. इलाम अस्पताल, इलाम

    ६.सङ्खुवासभा अस्पताल, सङ्खुवासभा

    ७.इनरुवा अस्पताल, सुनसरी

    ८.ताप्लेजुङ अस्पताल, ताप्लेजुङ

    ९. पाँचथर अस्पताल, पाँचथर

    १०. धनकुटा अस्पताल, धनकुटा

    ११.भोजपुर अस्पताल, भोजपुर

    १२. जनकपुर प्रादेशिक अस्पताल, धनुषा

    १३.नारायणी अस्पताल, वीरगन्ज, पर्सा

    १४.गौर अस्पताल, रौटहट

    १५.गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरी

    १६.सिराहा अस्पताल, सिराहा

    १७.कलैया अस्पताल, बारा

    १८.सर्लाही अस्पताल, सर्लाही

    १९.रामउमा स्मारक अस्पताल, सिराहा

    २०.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर

    २१.चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, अस्पताल, काठमाडौँ

    २२.भरतपुर अस्पताल, चितवन

    २३.हेटौडा अस्पताल, मकवानपुर

    २४. कीर्तिपुर बर्न सेन्टर अस्पताल, काठमाडौँ

    २५. आयुर्वेद शिक्षण अस्पताल, काठमाडौँ

    २६. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ

    २७ सहिद शुक्रराज ट्रोपीकल तथा सरुवा रोग

    २८. भक्तपुर अस्पताल, भक्तपुर

    २९.धादिङ अस्पताल, धादिङ

    ३०. त्रिशूली अस्पताल, नुवाकोट

    ३१. रसुवा अस्पताल, रसुवा

    ३२. धुलिखेल सामुदायिक अस्पताल, काभ्रे

    ३३. दमौली अस्पताल, तनहुँ

    ३४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की

    ३५. धौलागिरि अस्पताल, वाग्लुङ । लुम्बिनी प्रदेश

    ३६.गोर्खा अस्पताल, गोर्खा

    ३७. म्याग्दी अस्पताल, म्याग्दी

    ३८. स्याङ्जा अस्पताल, स्याङ्जा

    ३९. रोल्पा अस्पताल, रोल्पा

    ४०. भेरी अस्पताल, बाँके

    ४१. लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही

    ४२. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ

    ४३. पृथ्वीचन्द्र अस्पताल, नवलपरासी

    ४४. गुलरिया अस्पताल, बर्दिया

    ४५. प्युठान अस्पताल, प्युठान

    ४६. पाल्पा अस्पताल, पाल्पा

    ४७. राप्ती प्रादेशिक अस्पताल, दाङ

    ४८. तौलिहवा अस्पताल, कापिलवस्तु

    ४९.तम्घास अस्पताल, गुल्मी

    ५०. दैलेख अस्पताल, दैलेख

    ५१. कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत

    ५२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला सुदूरपश्चिम प्रदेश

    ५३. जाजरकोट अस्पताल,जाजरकोट

    ५४. हुम्ला अस्पताल, हुम्ला

    ५५. कालिकोट अस्पताल, कालिकोट

    ५६. बैतडी अस्पताल, बैतडी

    ५७. सेती अस्पताल, धनगढी

    ५८. डडेलधुरा अस्पताल, डडेलधुरा

    ५९. महाकाली अस्पताल, कञ्चनपुर

    ६०.दार्चुला अस्पताल, दार्चुला

    ६१. टिकापुर अस्पताल, कैलाली

    ६२. बझाङ अस्पताल, बझाङ

    आ.व.२०८१/८२ मा थप स्थापना अस्पतालहरू

    १. डोटी अस्पताल, डोटी

    २. मंगलसेन अस्पताल, अछाम

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend