images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय याक दिवसका रूपमा वैशाख ७...

राष्ट्रिय याक दिवसका रूपमा वैशाख ७ गतेलाई मनाइने

राष्ट्रिय याक दिवसका रूपमा वैशाख ७ गतेलाई मनाइने

images
images
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

    images
    images

    मन्त्रीपरिषदको बुधवार बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

    कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए।

    images
    images

    याक तथा चौरीको संरक्षण एंव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस मनाउने निर्णय गरिएको मन्त्री अधिकारीले जानकारी दिए।

    याक दिवसको घोषणाले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिनसक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने पुग्ने विश्वास मन्त्रालयले लिएको मन्त्री अधिकारीले बताए।

    जङ्गली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चौरीको विकास गरिने भएकाले याकको संरक्षण चौरी उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

    नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा—३ फयाट्टी एसिडको स्रोत रहेको, याकको दहि प्रसिद्ध दूग्ध परिकारको रूपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको  आम्दानीको  प्रमुख स्रोतका रूपमा रहेको छ।

    याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा उल्लेख गरेको छ।

    याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल वैशाख ७ गते आफनो ५० औँ स्थापना दिवस स्वर्ण जयन्तीको रूपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र  सम्वर्द्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको  थियो। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend