images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री...

उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री सहयोग

उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री सहयोग

images
images
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडाैँ । लायन्स क्लब अफ काठमाडौं थलीले उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण दिएको छ । सोमवार क्लबले उपत्यका ट्राफिक प्रहरीलाई उपलब्ध गराएको सामग्री काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललेको उपस्थितिमा कार्यालयलाई हस्तान्तरण गरेको हो ।ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गर्दै क्लवका प्रतिनिधि रुपक सिम्खडाले बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले म्याजिक लाइट उपलब्ध गराएको बताए । उनले अगामी दिनमा समेत समाजको आवश्यकताको आधारमा सुरक्षाकर्मीहरुलाई क्लबको क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images

    काठमाडौँका प्रमुख ल्लिा अधिकारी ईश्वरराज पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न भएको चुनौतीपूर्ण अवस्थामा ट्राफिक प्रहरीलाई आवश्यक उपकरण उपलब्ध गराएर ठूलो सहयोग भन्दै क्लबलाई धन्यावाद ज्ञापन गरे । उनले उपकरण सहयोगले ट्राफिक प्रहरीलाई पुनः सशक्त बनाउने विश्वास व्यक्त गरे ।उनले भने, ‘ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण दिएर तपाईहरुले ठुलो गुन लगाउनुभएको छ । यो कार्यका लागि तपाईलाई धन्यावाद दिन चाहान्छु । ट्राफिक प्रहरीका लागि जेनजी आन्दोलन पछाडि असाध्यै ठूलो संकटमा पर्ने स्थितिमा हुनुहुन्थ्यो । तर अहिले प्रहरी निकै बलियो भएर आइसकेको हामीले देखेका छौँ । आन्दोलनपछि सुरुमा प्रहरी पनि थिएन, सडक ट्राफिक व्यवस्थापन पनि थिएन । अहिले सामान्य हुँदै गएको छ ।’आन्दोलनपछि केही समय प्रहरीको उपस्थिति र ट्राफिक व्यवस्थापन दुवै कमजोर भएपनि हाल स्थिति सुधारोन्मुख रहेको उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend