images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ४ अंकको गिरावट, ५ अर्ब...

नेप्सेमा ४ अंकको गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

नेप्सेमा ४ अंकको गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

images
images
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से ४ अंकले घटेर दुई हजार ५ सय ७६ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।

    images
    images

    नेप्सेमा आज ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटाको बढेको छ भने १६३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

    आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै स्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।    

    images
    images

    गुडवील  फाइनान्स लिमिटेडको शेयरमूल्य भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ६.७७ प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २० करोड ५८ हजार बराबरको कारोबार भएको छ ।     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend