images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • भोजपुरको अकबरे खुर्सानीको माग तराईदेखि काठमाडौंसम्म,...

भोजपुरको अकबरे खुर्सानीको माग तराईदेखि काठमाडौंसम्म, प्रतिकिलो कतिमा हुँन्छ बिक्री ?

भोजपुरको अकबरे खुर्सानीको माग तराईदेखि काठमाडौंसम्म, प्रतिकिलो कतिमा हुँन्छ बिक्री ?

images
images
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं ।  पहाडी जिल्ला भोजपुरका पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरिएको छ।

    images
    images

    खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो। जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौंसम्म उत्तिकै छ।

    अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका-५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने बताए।‘अहिले प्रतिकेजी २५० देखि ३०० का दरले खुर्सानी बिक्री भइरहेको छ। मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु’, उनले भने।

    images
    images

    खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरू पनि छन्। पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले त्यसैमध्येका एक हुन्। १० वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन्।

    ‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ’, राईले भने। दुई लाख खर्च गरेर दुई हजार ५०० बिरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ।

    यसअघि मकै, कोदो, आलुलगायत खेती गर्नेहरू पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ। पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी शुरु गरेका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताए।

    जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भूभागमा अकबरे खुर्सानी खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ। प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ। रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend