images

२०८३ आश्विन १७ गते

images
images
images

कालिका रिफाइनरीले एकै वर्ष बेच्यो ४ अर्ब रुपैयाँको तेल

कालिका रिफाइनरीले एकै वर्ष बेच्यो ४ अर्ब रुपैयाँको तेल

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौं । कालिका रिफाइनरीले एकै वर्ष ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९५ प्रतिशतले व्यापार बढेको हो ।सन् २०१९ मा स्थापना भई सन् २०२१ बाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गरी तेल उत्पादन गर्दै आएको छ ।कम्पनीले सनफ्लावर तेल, सोयाबिन, पामोलिन र तोरीको तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले दैनिक एक सय मेट्रिक टन क्षमतामा उत्पादन गरिरहेको छ । कम्पनीले अम्बे र एग्रो गोल्ड ब्रान्डमा आन्तरिक बजारमा बिक्री वितरण गर्दै आएको छ ।

    images
    images

    कालीकाले कच्चा तेल अर्जेन्टिना, अस्ट्रेलिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, ब्राजिल, इन्डोनेसिया र युक्रेनबाट आयात गरी आपूर्ति गर्दै आएको छ । सन् २०२३ र २०२४ मा तेल उद्योगहरुका लागि निकै कठिन स्थितिमा सञ्चालन भएको थियो । तर, भारत सरकारले तेलमा लगाइएको भन्सार दरले गर्दा गत आवमा नेपाली उद्योगहरुको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । नेपाली उद्योगहरुले भारततर्फ निर्यात गर्दा व्यापारमा उछाल आएको देखिन्छ । कम्पनीले सन् २०२३ मा विश्वबजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा खुद घाटा व्यहोरेको थियो ।

    कालीकाले सन् २०२४ मा ५.४४ प्रतिशत नाफा कमाएको थियो । सन् २०२५ मा कुल व्यापारको ८.५८ प्रतिशत नाफा कमाएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend