images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लाउने...

४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लाउने आयोगको तयारी

४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लाउने आयोगको तयारी

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव (मतदान)को ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर अहिले सरोकारवालासँग राय सुझाव मागिरहेको छ ।कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिता २०८२ को मस्यौदामाथि अहिले रायसुझाव माग्ने काम भइरहेकाले आगामी साता राजनीतिक दल र सरकारसँग छलफल गरेर अन्तिम रूप दिने तयारीमा आयोग लागेको बताए ।

    images
    images

    ‘निर्वाचन आचार संहितालाई अन्तिम रूप दिन सरकार र राजनीतिक दलहरूसँग छलफल गर्न बाँकी छ’, भण्डारीले भने, ‘आगामी साता त्यो छलफल गर्नेबारे कुराकानी भइरहेको छ ।’ यसअघिका निर्वाचनमा ४५ दिनअघिबाट आचारसंहिता लाग्ने गरेको आयोगले जनाएको छ ।‘सामान्यतया निर्वाचनको ४५ दिनअघिबाट निर्वाचन आचार संहिता लागु हुने प्रचलन छ, यो पटक पनि सोही प्रचलनको फलो हुन्छ’, कार्यबाहक प्रमुख आयुक्त भण्डारीले रातोपाटीसँग भने, ‘यो हिसाबले माघ पहिलो साताबाट निर्वाचन आचारसंहिता लागु हुन्छ होला ।’ प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गतेलाई तोकिएको छ ।

    निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तय गर्ने गरेको छ । जुन आचारसंहिता आयोगले तोके बमोजिमका व्यवस्था आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागु गर्ने गरिन्छ ।खासगरी आचारसंहिता लागु भएपछि सरकार, राजनीतिक दल तथा उम्मेदवारहरूले सावधानी बढी अपनाउनुपर्ने हुन्छ । आचारसंहिता लागु भएसँगै सरकारले निर्वाचन बाहेकका काममा नियुक्ति सरुवा बढुवा वा दैनिक कामकारबाही बाहेकका विषयमा निर्णय गर्न पाउँदैन ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको प्रारम्भिक निर्वाचन आचारसंहितामा रायसुझाव आउने क्रम जारी रहेको र आएका सुझावलाई कानुन शाखाले उपयुक्त सुझाव समेट्ने काम भइरहेको बताए ।

    images
    images

    ‘हामीले एक डेढ महिनाअघि दलहरूसहित सरोकारवालासँग समेत छलफल गरेर आचारसंहिताको मस्यौदा तयार गरेर सुझावका लागि सार्वजनिक गरेका हौ’, प्रवक्ता भट्टराईले भने,‘अबको केही दिनभित्रै आचारसंहितालाई अन्तिम रूप दिने तयारी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend