images

२०८३ आश्विन १७ गते

images
images
images

५ महिनामा १० देशमा पुग्यो ८ करोडको १४० टन नेपाली अचार

५ महिनामा १० देशमा पुग्यो ८ करोडको १४० टन नेपाली अचार

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • ९ पुस, काठमाडौं । नेपालले पछिल्लो ५ महिनामा १ सय ४० टन (१ लाख ४० हजार ३ सय ४ किलो) अचार निर्यात गरेको छ ।यति परिमाणमा अचार निर्यात हुँदा ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन भएको छ ।भन्सार विभागको तथ्यांकले १० देशमा अचार निर्यात भएको देखाउँछ । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, इटाली, जापान, कोरिया, मलेसिया, बेलायत र अमेरिकामा नेपालले अचार निर्यात गर्दै आएको छ ।चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना नेपालबाट अस्ट्रेलियामा १ करोड ९३ लाख १९ हजार रुपैयाँको ४१ हजार ३ सय ७७ किलो अचार निर्यात भएको छ ।

    images
    images

    यस्तै क्यानडामा १ करोड ९४ लाख ४२ हजार रुपैयाँको ३४ हजार ७ सय ६८ किलो, कोरियामा १ करोड २५ लाख २६ हजारको २० हजार ६ सय ५५ किलो र अमेरिकामा ८४ लाख २६ हजारको १३ हजार ७ सय २९ किलो अचार निर्यात भएको छ ।यसैगरी जापानमा १३ हजार ७ सय ९४ किलो अचार पठाउँदा ९३ लाख ४९ हजार, बेलायतमा ३ हजार ३ सय ९३ किलो पठाउँदा ३६ लाख ८ हजार, इटलीमा ८ हजार ८ सय ९२ किलो अचार पठाएर ६३ लाख १८ हजार रुपैयाँ आम्दानी भएको छ ।यस्तै बेल्जियममा २६ लाख ४८ हजार रुपैयाँको २ हजार ४ सय ९६ किलो अचार निर्यात भएको छ ।गत आव २०८१/८२ मा भने ५ महिना अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend