images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ‘गोबर गणेश’को शीर्ष गीतमा मरिचमान र...

‘गोबर गणेश’को शीर्ष गीतमा मरिचमान र वर्षाको नृत्य

‘गोबर गणेश’को शीर्ष गीतमा मरिचमान र वर्षाको नृत्य

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भएपनि चलचित्रको  कथा बताउने काम गरेको छ ।गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ । 

    images
    images

    पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रस्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबिच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे०ले निर्देशन गरेका छन् । छायाङ्कन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

    बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।चलचित्रमा शिवराम श्रेष्ठको डीओपी र विपिन मल्लको सम्पादन रहनेछ ।  टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend