images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • मलेखु–मुग्लिन सडक स्तरोन्‍नोती किन हुदैछ सुस्त...

मलेखु–मुग्लिन सडक स्तरोन्‍नोती किन हुदैछ सुस्त ?

मलेखु–मुग्लिन सडक स्तरोन्‍नोती किन हुदैछ सुस्त ?

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • चितवनः मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ। तीन वर्ष भित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ। पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो। उक्त सडक खण्ड ३९ किलोमिटर छ। 

    images
    images

    नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्य अनुसार हुन नसकेको हो।

    भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ।

    images
    images

    उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ। नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक चौडा भइरहेको छ। यस सडकका आठ पुल मध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो। 

    तीमध्ये पाँचवटाको काम भइरहेको उनले जानकारी दिए। हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुनसकेको छैन। हुग्दीको पुल वर्षातपछि थालिने उनले बताए।

    सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो। शर्मा–जेडआई सिजी जेभीले चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरेको छ। यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदैछ। हाल यो सडकको चौडाई सात मिटर छ। 

    अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ। बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ। विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर सात दशमलव १५ किलोमिटर सडक चार लेनको बन्ने छन्। चार लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ। 

    राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद् काम गर्नुपरेको उनको भनाइ छ। वर्षातको समयमा काम गर्न कठिन भएकाले हिँउद लागेपछि कामले तीव्रता पाउने उनले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend