images

२०८३ आश्विन १८ गते

images
images
images

स्वाद र स्वास्थ्यका लागि सेतो कि रातोमा कुन आलु उत्तम ?

स्वाद र स्वास्थ्यका लागि सेतो कि रातोमा कुन आलु उत्तम ?

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । बजारमा यतिबेला नयाँ आलुको चहलपहल बढ्न थालेको छ। विशेषगरी जाडो मौसम सुरु भएसँगै पहाडी भेग र तराईका विभिन्न क्षेत्रबाट ताजा आलु भित्रिरहेका छन्। अहिले बजारमा सेतो आलुको माग बढी देखिए पनि रातो आलुले आफ्नै विशिष्ट गुणका कारण उपभोक्ताको ध्यान खिचिरहेको छ। उपभोक्ताहरू स्वाद र पोषणका आधारमा यी दुईमध्ये कुन रोज्ने भन्ने दोधारमा देखिन्छन्।स्वास्थ्य विशेषज्ञहरूका अनुसार जाडो मौसममा दुवै थरीका आलु शरीरका लागि फाइदाजनक छन्, तर पोषणको हिसाबले रातो आलु केही मात्रामा अगाडि देखिन्छ। रातो आलुमा एन्टी–अक्सिडेन्ट्स र फाइबरको मात्रा सेतो आलुको तुलनामा बढी हुन्छ। 

    images
    images

    यसमा पाइने ‘एन्थोसियानिन’ नामक तत्त्वले नै यसलाई रातो रङ दिन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र रुघाखोकीबाट बचाउन मद्दत गर्छ। यसका साथै रातो आलुमा पाइने भिटामिन 'सी' ले शरीरको सुन्निने समस्या कम गर्न र पाचन प्रणालीलाई सुधार्न सहयोग पुर्‍याउँछ।अर्कोतर्फ, सेतो आलु कार्बोहाइड्रेट र पोटासियमको मुख्य स्रोत हो। यसले शरीरलाई तुरुन्त ऊर्जा प्रदान गर्नुका साथै जाडोमा शरीरलाई न्यानो राख्न मद्दत गर्छ। सेतो आलुमा पाइने भिटामिन बी६ र सी मुटुको स्वास्थ्य र रक्तचाप नियन्त्रणका लागि लाभदायक मानिन्छ। 

    स्वादको कुरा गर्दा रातो आलु पाकेपछि अलि गुलियो र क्रिमी हुने भएकाले सलाद वा रोस्ट गर्नका लागि बढी प्रयोग गरिन्छ भने सेतो आलु दैनिक तरकारी, पराठा र आलु दमका लागि बढी उपयुक्त मानिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend