काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ सूर्यदर्शन हाइटमा एक व्यक्तिको डेरा कोठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई हाल सोही स्थानमा बस्दै आएका ४५ वर्षीय भवानी थपलियाको कोठामा सोमबार बिहान चोरी भएको हो।
कोठामा कोही नभएको मौका छोपी चोरले सुनका विभिन्न गरगहना र नगद गरी करिब १२ लाख २ हजार ५ सय रुपैयाँ बराबरको सम्पत्ति हात पारेको छ।घटनालगत्तै प्रहरीलाई खबर गरिएपछि चोरीमा संलग्न फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले घटनास्थलको प्रारम्भिक जाँच पुरा गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।




.gif)



