images

२०८३ आश्विन १७ गते

images
images
images

पुँजीगत लाभकर संकलन झन्डै दोब्बर

पुँजीगत लाभकर संकलन झन्डै दोब्बर

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडाैँ । पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो ।आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब संकलन भएकोमा चालु वर्षमा ४० अर्ब ११ करोड संकलन भएको छ । यो वृद्धि गत वर्षको तुलनामा उल्लेख्य भएकाले अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा लिइएको छ । आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो ।

    images
    images

    यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आ.व. २०७७/०७८ मा यस शीर्षकमा २९ अर्ब ३१ करोड संकलन भएको थियो।आ.व. २०७८/०७९ मा यो केही बढेर ३० अर्ब पुगेको देखिन्छ । तर आ.व. २०७९/०८० मा भने झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा सीमित भएको थियो । आन्तरिक राजश्व विभागका वार्षिक प्रतिवेदन अनुसार त्यस अवधिमा पुँजीगत लाभकर संकलनमा ठूलो गिरावट आउनुका प्रमुख कारणमा रुस–युक्रेन युद्धको प्रभाव, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय सञ्चितिमा आएको दबाब रहेका छन् ।देशी मुद्रा सञ्चिति जोगाउन सरकारले अपनाएका आयात नियन्त्रणसम्बन्धी नीतिगत उपायका कारण आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजार र घरजग्गा कारोबारमा गिरावट आएको थियो, जसले पुँजीगत लाभकर संकलनमा नकारात्मक असर पारेको विश्लेषण गरिएको छ ।

    वार्षिक प्रतिवेदनमा भनिएको छ- ‘आ.व. २०७७/०७८ मा यस शीर्षकमा संकलन २९ अर्ब ३१ करोड रहेकोमा आ.व. २०७८/०७९ मा केही बढेर ३० अर्ब भएको देखिन्छ भने आ.व. २०७९/०८० मा झन्डै आधाले घटेर १६ अर्व ५७ करोडमा पुगेको देखिन्छ । यसरी भारी गिरावट देखिनुमा रुस युक्रेन युद्ध, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय संचितिमा देखिएको संकुचनलाई अस्थायी रुपमा सम्बोधन गर्न सरकारले अपनाएका आयात नियन्त्रणका नीतिगत औजरका कारण आर्थिक गतिविधिमा आएको शिथिलताले शेयर कारोबार र घरजग्गा कारोबारमा गिरावट प्रमुख कारणका रुपमा लिन सकिन्छ ।’हाल भने आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै शेयर तथा घरजग्गा कारोबारमा सुधार आएको र यसको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा देखिने प्रतिवेदनमा उल्लेख छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend