images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुदै कालोपत्र...

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो

images
images
शनिवार, पौष ५ २०८२
शनिवार, पौष ५ २०८२
  • भकुण्डे (म्याग्दी), ५ पुसः बेनी नगरपालिकाको रत्नेचौरर–भकुण्डे सडक योजना निर्माण पुरा नहुदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । 

    images
    images

    सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको थियो । 

    बेनी नगरपालिका–२ भकुण्डेका बासिन्दा भिमबहादुर पौडेलले बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको बताउनुभयो । “पहिलो पटक कालोपत्र गर्दा दोस्रो पटक सुधार्ला भन्ने आशा थियो,” उहाँले भन्नुभयो, “तर दोस्रो पटक कालोपत्र गरिएपछि पनि बिटिमुनले चिप्स नसमाते पछि खाल्डै खाल्डा भएको छ ।”

    images
    images

    बेनी नगरपालिकाले शुक्रबार भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अर्जम, भकुण्डेका बासिन्दाले सडक स्तरोन्नति योजना निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तर अनुसारको काम नभएको भन्दै प्रश्न उठाएका छन् । 

     
    पूर्णबहादुर सुवेदी, भिमबहादुर रिजाल, डम्मर सापकोटा लगायतले सडक निर्माणमा देखिएको कमजोरीको विषयमा सम्बद्ध कार्यालयमा गुनासो गर्दा पनि सुनुवाई नगरेको गुनासो गरे। 

    उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ । 

    सार्वजनिक सुनुवाई कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष यामबहादुर कार्कीले सडक निर्माणमा भएको लापरबाहीका बारेमा अनुगमन समितिले लिखित पत्र पठाउँदा समेत बेवास्ता भएको बताउदै पुनःएक पटक सडक डिभिजन र ठेकेदारलाई बिग्रिएको सडकलाई सुधार गर्न लगाउने प्रयास गर्ने प्रतिवद्धता जनाए ।

    “सङ्घीय योजनाका ठूला ठेकेदारले हामी मार्फत भुक्तानी नहुने र सिफारिस नचाहिने योजनाका विषयमा टेरपुच्छरनै लगाउँदैनन्,” उनले भने, “रत्नेचौर–भकुण्डे सडक निर्माणमा भएको लापरबाही योजनाको म्याद छदै सुधार गर्नतर्फ सहजिकरण र समन्वय गरेपनि सफल भएका छैनौँ ।”

    सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सञ्चालित योजनाको आधाभन्दा बढी भाग दोस्रो चरणको पनि कालोपत्र भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ । 

    उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधी भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ । 

    सडक डिभिजनका अनुसार करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । विसं ०५६ मा ट्याक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ३ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । 

    सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीलाई फोनमा सम्पर्क गर्दा तत्कालै सडकको निरीक्षण गरेर कमजोरी भेटिएमा सुधार गर्न लगाउने प्रतिक्रिया दिए । “म आफैँ सडकको निरीक्षण गरेर के भएको हो अध्ययन गर्छु,” उनले भने, “गुणस्तर र मापदण्ड अनुसारको काम नभएको रहेछ भने ठेकेदारलाई सुधार गर्न लगाउछु ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend