काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले अर्थमन्त्री रामेश्वर खनाललाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग उपलब्ध गराएको हो । सो अवसरमा अर्थमन्त्री खनालले संकटको समयमा सरकारलाई सहयोग गरेकोमा दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए ।




.gif)



