काठमाडौँ, ३ पुसः आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान गरिएको छ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविद्हरूले जनाएका छन्। मौसम सामान्य रहेकाले यातायात, कृषि तथा आर्थिक गतिविधिमा तत्काल कुनै प्रतिकूल असर पर्ने सम्भावना नरहेको छ।




.gif)





