images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • आन्तरिक राजश्व विभागले मङ्सिर महिनामा उठायो...

आन्तरिक राजश्व विभागले मङ्सिर महिनामा उठायो ३५ अर्ब १३ करोड राजश्व

आन्तरिक राजश्व विभागले मङ्सिर महिनामा उठायो ३५ अर्ब १३ करोड राजश्व

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौँ । आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा मात्रै ३५ अर्ब  १३ करोड ९७ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । अर्थमन्त्रायलले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व सङ्कलनको तथ्याङ्क अनुसार भन्सार विभागले उक्त राजश्व सङ्कलन गरेको हो।गत आर्थिक वर्षको मङ्सिर महिनामा ३५ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ सङ्कलन गरेको थियो । गत वर्षको मङ्सिर महिनाको तुलनामा यो वर्ष राजश्व कम सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

    images
    images

    चालु आर्थिक वर्षको साउन देखि मङ्सिर महिना पाँच महिनासम्म भने आन्तरिक राजश्व विभागले १ खर्ब ८७ अर्ब ६७ करोड ८० लाख रुपैयाँ सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले २५.४५ प्रतिशत राजश्व सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १.३२ प्रतिशतले वृद्धि भएको छ ।आन्तरिक राजश्व विभागले गत वर्षको मङ्सिर महिनाको तुलनामा कम राजश्व सङ्कलन गरेको भए पनि वार्षिक अवधिसम्मको तुलनामा विभागको स्थिति १.३२ प्रतिशतले सकारात्मक देखिएको छ ।

    त्यस्तै,अन्य राजश्व (गैर कर)तर्फ पनि सकारात्मक वृद्धि भएको छ । पछिल्लो पाँच महिनामा २४ अर्ब  ७ करोड २७ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जसमा मङ्सिर महिनामा मात्रै भने ४ अर्ब ४१ करोड रुपैयाँ सङ्कलन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend