images

२०८३ आश्विन १८ गते

images
images
images

चार महिनामा विदेशमा पढ्न जानेबाट बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

चार महिनामा विदेशमा पढ्न जानेबाट बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशमा पढ्न जानेबाट ४२ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष चार महिनामा शिक्षातर्फ ३२ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको यस वर्ष त्यही अवधिमा झनै बढेको हो ।देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनाका चालू आर्थिक वर्षको चार महिनामा झण्डै १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।

    images
    images

    समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको त्यही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड पुगेको छ ।अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको त्यही अवधिमा खुद सेवा आय २३ अर्ब एक करोडले घाटामा रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend