images

२०८३ आश्विन १६ गते

images
images
images

कात्तिकमा भित्रियो १ खर्ब ३३ अर्ब रेमिट्यान्स

कात्तिकमा भित्रियो १ खर्ब ३३ अर्ब रेमिट्यान्स

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको हो ।गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष रेमिट्यान्स वृद्धि भएको देखिएको छ । 

    images
    images

    राष्ट्र बैंकले जारी गरेको चार महिनाको मासिक प्रतिवेदन अनुसार गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ ।गत वर्ष सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१.४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो ।

    पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्र स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या बढेकाले रेमिट्यान्स आप्रवाह बढेको हो । जसअनुसार चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ ।गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend