images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • डीएफएसके ब्रान्डको स्पेयर पार्टस्‌ बेच्ने कम्पनीले...

डीएफएसके ब्रान्डको स्पेयर पार्टस्‌ बेच्ने कम्पनीले गर्‍यो सवा १ अर्बको व्यापार

डीएफएसके ब्रान्डको स्पेयर पार्टस्‌ बेच्ने कम्पनीले गर्‍यो सवा १ अर्बको व्यापार

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं । डीएफएसके ब्रान्डको स्पेयर पार्टस्को आधिकारिक एजेन्ट एनइभी नेपालले एकै वर्ष सवा १ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।सन् २०२४ मा ८९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ४८ करोड रुपैयाँ, सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

    images
    images

    कम्पनीकाअनुसार गत आवमा ४० प्रतिशतले व्यापार बढेको छ । कम्पनीको व्यापार गत आवमा बढे पनि नाफा भने घटेको पाइएको छ ।कम्पनीले सन् २०२४ मा ५.३३ प्रतिशत नाफा कमाएको थियो । गत आवमा कम्पनीले ४.४१ प्रतिशत मात्रै नाफा कमाएको छ ।सन् २०१९ मा स्थापना भएको कम्पनी बिक्री एजेन्टको रुपमा नेपालमा व्यापार गर्दै आएको छ । कम्पनी चोङकोङ सोको मोटर इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनीको सेवा प्रदायक कम्पनी हो । कम्पनीले डीएफएसके ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

    राजन रायमाझीको ४६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८९ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend