images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कर्णालीमा २६ हजार नयाँ मतदाता थपिए,...

कर्णालीमा २६ हजार नयाँ मतदाता थपिए, सबैभन्दा धेरै सुर्खेत

कर्णालीमा २६ हजार नयाँ मतदाता थपिए, सबैभन्दा धेरै सुर्खेत

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • सुर्खेत । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशमा करिब २६ हजार नयाँ मतदाता थपिएका छन् ।‎प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार, मंसिर ५ गतेसम्म सञ्चालित मतदाता नामावली संकलन अभियान अन्तर्गत कर्णाली प्रदेशभर २६ हजार ३ सय ३५ जना नयाँ मतदाता थपिएका हुन् ।‎यसअघि कर्णाली प्रदेशमा १० लाख ६ हजार ८ सय ३४ जना मतदाता रहेका थिए । नयाँ थपिएका २६ हजार ३ सय ३५ जनासहित अब प्रदेशमा कुल मतदाताको संख्या १० लाख ३३ हजार ४ सय ६९ पुगेको छ ।

    images
    images

    ‎निर्वाचन अधिकारी गुरुङका अनुसार यो तथ्याङ्क प्रारम्भिक हो । बायोमेट्रिक र राष्ट्रिय परिचयपत्रको विवरण भिडाउँदा दोहोरिएका नामहरू हट्न सक्ने र दाबी विरोधपछि मात्र अन्तिम नामावली प्रकाशन गरिने उनले बताए । 'यो सफ्टवेयरमा प्रविष्ट भएको प्रारम्भिक डाटा हो, दाबी विरोध र प्रमाणीकरणपछि केही संख्या तलमाथि हुन सक्छ,' गुरुङले भने।‎प्राप्त तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै मतदाता राजधानी समेत रहेको सुर्खेतमा र सबैभन्दा कम मुगुमा थपिएका छन्। सुर्खेतमा ७ हजार ३ सय ६२ जना नयाँ मतदाता थपिँदा मुगुमा ७ सय ७४ जना मात्र थपिएका छन्।‎
    ‎सुर्खेतपछि धेरै मतदाता थपिने जिल्लामा दैलेख परेको छ, जहाँ ३ हजार ६ सय २६ जनाले आफ्नो नाम दर्ता गराएका छन् । यसैगरी, सल्यान र जुम्लामा पनि नयाँ मतदाताको संख्या ३ हजार नाघेको छ। सल्यानमा ३ हजार १ सय ८० जना थपिँदा जुम्लामा ३ हजार ३६ जना नयाँ मतदाता थपिएका छन् । रुकुम पश्चिममा २ हजार ८ सय ४० र जाजरकोटमा २ हजार २ सय १० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

    \‎प्रदेशका अन्य जिल्लाहरूको तुलनामा हिमाली जिल्लाहरूमा भने मतदाता थपिने संख्या केही कम देखिएको छ । कालीकोटमा १ हजार ७ सय ७६ जना थपिँदा डोल्पामा १ हजार ७ जना नयाँ मतदाता थपिएका छन् । हुम्लामा ८ सय २४ जना नयाँ मतदाता थपिएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend