images

२०८३ आश्विन १८ गते

images
images
images

चार महिनामा २३ करोडभन्दा बढीको सामग्री आयातमा कर छुट

चार महिनामा २३ करोडभन्दा बढीको सामग्री आयातमा कर छुट

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं। अर्थ मन्त्रालयले चार महिनामा करिब २३ करोड ४४ लाख रुपैयाँ बराबरको सामाग्री आयातमा कर छुट दिएको छ ।मित्रराष्ट्र तथा दातृ निकायबाट प्राप्त स्वास्थ्य उपकरण, औषधि र निर्माण सामग्रीको आयातमा लाग्ने भन्सार महसुल तथा कर छुट दिने निर्णय गरेको छ। मन्त्रालयले नेपाल राजपत्र सूचना प्रकाशन गर्दै आर्थिक ऐन २०८२ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले कुल १५ वटा फरक फरक निर्णयमार्फत यो छुट दिएको जनाएको छ । 

    images
    images

    प्राप्त तथ्याङ्क विश्लेषण गर्दा अमेरिकी डलर, युरो र भारतीय रुपैयाँमा मूल्याङ्कन गरिएका यी सामग्रीहरूको कुल नेपाली बजार सो बराबर रहेको देखिन्छ।सरकारले छुट दिएका सामग्रीहरूमध्ये अमेरिकी डलरमा मूल्याङ्कन भएका सामग्रीको हिस्सा सबैभन्दा ठुलो छ। यस अन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, युएसएआईडी लगायतका संस्थाबाट प्राप्त करिब १९ करोड ८७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीमा कर छुट दिइएको छ ।

    त्यस्तै, युरोपेली मुलुक तथा संस्थाबाट प्राप्त करिब २ करोड ५३ लाख रुपैयाँ बराबरका फ्रिजर भ्यान र खेलकुद सामग्रीमा पनि कर छुट दिइएको छ । भारत सरकारबाट प्राप्त करिब १ करोड ४ लाख रुपैयाँ बराबरका बेलिब्रिज ९पुल० का सामानमा पनि कुनै पनि कर नलाग्ने गरी छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend