काठमाडौँ, २५ मङ्सिरः आज कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा भने मौसम सामान्यतया सफा रहनेछ।
दिउँसोको समयमा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। अन्य स्थानहरूमा मौसम सफा नै रहने विभागले जानकारी दिएको छ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम स्थिर र सामान्य रहने विभागको भनाइ छ।




.gif)





